‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’को उपाधि गुरुकुललाई

कास्की । पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ ।

यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा नौ स्कुल ब्यान्डलाई पछि पार्दै गुरुकुलले उपाधिसहित नगद रु. एक लाख, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ नाराका साथ ‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’ गरिएको हो ।

यसैगरी ग्लोबल कलेजियट माविले द्वितीय स्थान हासिल गरी नगद रु. ५० हजार तथा फिस्टेल एकेडेमीले तृतीयसहित नगद रु. २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । प्रतियोगिताको ‘बेष्ट भोकल’ कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्ट लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी तथा बेष्ट लिड गिटारिष्ट प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए ।

त्यस्तै, बेष्ट ड्रमर प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्स लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्युजिक कम्पोजर कालिका मावि भए । प्रतियोगितामा पब्लिक च्वाइस गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइस मदरल्याण्ड मावि (बी) घोषित भए । विधागत रूपमा उत्कृष्ट भएकालाई नगद रु पाँच–पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा कुल १९ स्कुल ब्यान्ड छनोट भएर प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष हर्कराज गुरुङलगायतले पुरस्कार वितरण गरे । महानगर प्रमुख आचार्यले प्रतियोगिताले पोखराको कला र संगीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । गीत संगीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको उनले बताए ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 126 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-