दीपेन्द्र प्रजापति कालो झोला ।

पर्सा, २२कार्तिक ।आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्थानीय स्तरमा प्रभावकारी समन्वय गरी निर्वाचन सुरक्षालाई भरपर्दो बनाई शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न जिल्ला सुरक्षा समितिकोबैठकमंगलबारसम्पन्न भएको छ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीउमेश कुमार ढकालको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ र ४ का प्रमुख जिल्ला अधिकारीको अधिकारीको अधिकार प्रयोग गर्ने गरी खटिने घुम्ती टोलीका प्रमुखहरु र उक्त निर्वाचन क्षेत्रको सुरक्षार्थफिल्डस्तरमा खटिने मोबाईल, स्ट्राईकिङ्ग, घुम्ती टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरुसँगअन्तर्क्रिया (TTX) गरी निर्वाचन अघि, निर्वाचनको दिन र निर्वाचन पश्चातका अवधिमा हुन सक्ने विभिन्न सुरक्षा चुनौतीबारे छलफल गरियो र उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिन निर्देशन पनिदिएका छन् ।