दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०७ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले २०७९ साल फागुन २८ गते राती १०:४० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित सडक खण्ड बाट चोरी भएको एउटा मोटरसाइकल सहित दुई जना चोरहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बीरगंज महानगरपालिका कै वडा नं. ०९, रानीघाट टोल बस्ने वर्ष २९ को सोनु पटेलले मोटरसाईकल पार्किङ गरी राखिएको अवस्थाबाट चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. १३ बस्ने बर्ष २८ को मनिष प्रजा र सोही ठाउँ बस्ने वर्ष २० को राजु प्रजाले उक्त मोटरसाइकल को लक तोडी चोरी गरी गएकोमा पीडित सोनु पटेलले यस कार्यालयमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा खोजतलास गर्दै जाने क्रममा ईलाका प्रहरी कार्यालय, खैरनी, चितवन तथा जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको बिशेष टोलीले बुधबार निजहरूको घर ठेगाना बाट प्र.२-०३-००७ प ३५५० नम्बरको कालो रातो रंगको २२० सि. सि. को पल्सर मोटरसाइकल, मनिष प्रजा र राजु प्रजालाई नियन्त्रणमा लिइ यस कार्यालय ल्याई आजै पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताएका छन् ।