एच. पी. भी. खोप अभियानलाई सफल पार्न चौतर्फी सहयोग गरि दिनु हुन उप प्रमुख ठाकुर को आग्रह-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ माघ । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा यहि माघ २२ गतेदेखि सुरु हुनगईरहेको महिला हरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच. पि. भी. खोप अभियान शुक्रबार स्वासथ्य कार्यालय, पोखरियाले आयोजना गरेको पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मी र सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएका छन।

पोखरिया नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पोखरिया स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्राले माघ २२ देखि २८ गते सम्म पालिकाको १० वडामा चल्ने अभियानमा करिब २ हजार ५ सय जना बालिका र किशोरीहरुलाई एच. पी. भी.खोप लगाइने जानकारी गराए । उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष सम्मका बालिका र किशोरीहरुलाई एच. पी. भी. खोप लगाइने बताए ।

माघ २२ देखि सञ्चालन हुने एच. पि. भी. खोप अभियानलाई सफल बनाउन पोखरिया स्वास्थ्य शाखाका सह– संयोजक शिव पटेलले बताए । अभियानका क्रममा कुनैपनि आग्रह पुर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरुले लक्षित उमेर समुदयका बालिका र किशोरीहरुलाई खोप लगाउन आग्रह पनि गरे । अभियानका क्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधी, शिक्षक, राजनीतिकर्मी, सञ्चारकर्मी, संघसंस्था, लगायतलाई आग्रह गरे ।

सोही क्रममा सहसंयोजक पटेलले भने एच. पि. भी. खोपको कुनै पनि नकरात्मक असर नभएकाले ढुक्क भएर आ-आफ्ना छोरीहरुलाई उक्त खोप लगाउन नगरबासी संग आग्रह समेत गरे । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार जना महिलाहरुको मृत्यु हुने गरेको अभिमुखिकरणमा प्रकास पार्नु भएको थियो । यो एच. पि. भी. खोप अबिबाहित बालिका र किसोरी हरु लाई लगाउने बताए । बालिका र किसोरी हरु लाई एच. पि. भी. खोप लागि सकेपछी पाठेघरको क्यान्सर नहुने बिश्वास रहेको पटेलले बताए ।

कार्यक्रम का प्रमुख अतिथि रहनु भएकी पोखरिया नगरपालीकाकी नगर उप-प्रमुख रुबी कुमारी ठाकुर ले एच. पि. भी. खोप अभियानमा चारै तिर बाट सहयोग गरि सफल बनाउन आग्रह समेत गरिन । पोखरिया नगर भित्र रहेका बालिका र किशोरीहरुलाई र साथै बाहिर बाट आएका राउटे, ईट भाठा लगायतको ठाउँ हरुमा निगरानी गरि एच. पि. भी. खोप दिलाउनमा सहयोग गरिदिन आग्रह समेत गरिन ।

अभिमुखिकरण कार्यक्रम स्वास्थ्य साखा प्रमुख कौशलेन्द्र मिश्राको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा वडाअध्यक्ष लक्षमण साहकानु, नौसाद आलम, प्रमोद गिरी, केदार महतो, प्रमान्नद पटेल, महेन्द्र महतो, कार्यपालिका सदस्य रामबचन महतो, नेपाल रेडक्रस सोसाइटी उपशाखा, पोखरियाका सभापति भगवान प्रसाख कुर्मी, नगरप्रहरी प्रमुख दिनेश प्रसाद चौहान, बिधालयका प्रधानाध्यापक सहित, शिक्षक, संचारकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन