परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

दीपेन्द्र प्रजापति/कालो झोला ।

रौतहट, १० असार । देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला परोहा नगरपालिकाले आफ्नो १० औँ नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख शेख ओखिलको अध्यक्षतामा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो ।

नगर प्रमुख शेख वकिलले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सरसफाइ तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।नगर प्रमुख ओकिलले नगरको समग्र विकास, सुशासन र जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बजेट ल्याइएको बताउँदै विकास निर्माणका कार्यलाई थप तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमको प्रारम्भमा नगरपालिकाका इन्जिनियर दिपेन्द्र यादवले स्वागत मन्तव्य राख्नुभएको थियो । नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत, वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागीहरूले नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमले नगरको विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। साथै नगरको दिगो विकास, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।परोहा नगरपालिकाको १० औँ नगरसभा सौहार्दपूर्ण र भव्य वातावरणमा सम्पन्न भएको छ । प्रस्तुत ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट नगरको विकास र समृद्धिको आधार बन्ने अपेक्षा गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा असार ०१ गते राति करिब ११:५६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक…

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले नेपाल कै पहिलो प्रवेश द्वारको रूपमा चिनिने पर्सा जिल्लाको मुटु मानिने वीरगंजको शंकराचार्य गेटमा १२ औं…

    पहिलो

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 52 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 72 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 110 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 95 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 104 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-