कमल हासन र रजनीकान्त ४६ वर्षपछि सँगै पर्दामा आउदै !

काठमाडौँ । भारतक सुपरस्टार अभिनेता रजनीकान्त हालै लोकेश कनागराज निर्देशित फिल्म कुलीमा देखिएका थिए । अब लोकेशले आफ्नो अर्को फिल्मको घोषणा गरेका छन्, जसमा रजनीकान्त फेरि देखिनेछन् । तर यसपटक कमल हासन पनि उनीसँगै देखिनेभएपछि यसको चर्चा अहिलेदेखि नै शुरु भएको छ ।

मिडिया रिपोर्टका अनुसार, कमल हासन र रजनीकान्तबीच नयाँ एक्सन फिल्मको बारेमा वार्ता भइरहेको छ । यदि सबै कुरा ठीकठाक रह्यो भने, तमिल सिनेमाका यी दुई ठूला स्टारहरू लगभग ४६ वर्षपछि फेरि सँगै देखिनेछन् । यसअघि, दुवै १९७९ को फिल्म रा अलाउद्दीनम अलभुथा विलाक्कममा सँगै देखिएका थिए ।

लोकेश कनागराजको यो आगामी फिल्म राज कमल फिल्म्स इन्टरनेशनलको ब्यानरमा बन्ने बताइएको छ । यद्यपि, यसको आधिकारिक घोषणा गरिएको छैन । फिल्मको बारेमा कुराकानी भइरहेको छ र यसको कथा दुई वृद्ध गुण्डाहरूको वरिपरि घुम्नेछ । रिपोर्टमा लोकेश कनागराजले आफ्नो अर्को फिल्म कैदी- २ मा कार्थी वा आमिर खानसँग काम गर्न सक्ने सक्छन्। तर अब उनी पहिले कमल हासन र रजनीकान्तसँग बन्ने फिल्ममा ध्यान केन्द्रित गर्न सक्ने बताइएको छ ।

यस बाहेक, लोकेशले कमल हासनको फिल्म विक्रम २ पनि बनाउनेछन्, जुन उनको सिनेमाई ब्रह्माण्डको अर्को फिल्म हुनेछ । 

फिल्म कुली: द पावरहाउस १४ अगस्टमा रिलिज भएको थियो। रजनीकान्तसँगै श्रुति हासन, नागार्जुन, उपेन्द्र राव फिल्ममा महत्त्वपूर्ण भूमिकामा छन् । यस फिल्ममा आमिर खानले पनि क्यामियो गरेका छन् ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन