दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ११ असार । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय,, भिखमपुर तथा सुवर्णपुर का गुल्मपति हरुले विशेष सूचनाको आधारमा बिहिबार पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४, मिलचौक बाट ठूलो मात्रामा प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेका छन् ।
बिहीबार उल्लेखित गुल्म हरुबाट दुबैजना गुल्मपति हरुको कमाण्डमा खटिएको ५४ जनाको संयुक्त टोलीले उल्लेखित स्थान स्थित रहेको गम्भिर श्रेष्ठको जस्ताले छाएको पक्कि घरमा गाँजा लुकाई राखेकोमा सो स्थानलाई कर्डन गरी नेपाल प्रहरी र स्थानिय जनप्रतिनिधीलाई जानकारी गराई संयुक्त कारवाही संचालन गर्दा ११ वटा प्लाष्टिक र बोरामा पोको बनाई राखेको १ सय ५८ के.जि. प्रतिबन्धित लागु औषध गाँजा फेला परेको हुदाँ उक्त गाँजा आबश्यक कारबाहीको लागी नेपाल प्रहरी द्वारा नियन्त्रणमा लिएको र निज गम्भिर श्रेष्ठ घरमा फेला नपरेको हुदाँ निजको नाबालाक २ वटा बच्चा भएकोले श्रीमती अस्मिता तामाङ श्रेष्ठ लाई खोजेको समयमा प्रहरी कार्यालयमा उपस्थित हुने गरी ठोरी गा.पा.का अध्यक्ष लाल बहादुर श्रेष्ठको जिम्मा लगाइ छाडिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले बताएका छन् ।







