दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २६ भदौ । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ०६, लखनपुर बस्ने वर्ष २७ को ईसराइल मियाँ लाई आईतबार बिहान करिब ०७:०० बजेको समयमा करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आज बिहान पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ०३ घर भई हाल बिरगंज महानगरपालिका वडा नं. १३ राधेमाई बस्ने फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा सोही ठाउँका ( मिस्त्री ) लाई करेन्ट लागी गम्भिर घाईते भएको जानकारी प्राप्त हुनसाथ तत्कालै वडा प्रहरी कार्यालय, श्रीपुर बाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले घाइतेलाई तत्कालै उपचारको लागि तराई हस्पिटल, वीरगञ्ज पठाइएकोमा घाईते मियाँको मृत्यु भईसकेको चिकित्सकले घोषण गरे पश्चात मृतकको घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भैरहेको कुरा पनि बताएका छन् ।