कांग्रेसको केन्द्रीय समिति बैठकका एजेण्डा तय, महाधिवेशन बारेको छलफल प्राथमिकतामा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको छ ।  विहिबार बिहानदेखि अब्सेको बैठकले आजै बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेको हो ।

बैठकमा मुख्य रुपमा नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन गर्ने भन्ने नै छ । सभापति शेरबहादुर देउवाले महाधिवेशन तोकिएको समयमै हुने बताएर मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि कांग्रेस अब महाधिवेशनमा केन्द्रित भएको हो ।

अर्कोतर्फ बुधबार ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव समेत कार्यवाहक सभापति खड्कालाई बुझाइएको छ । 

त्यस्तै यस केन्द्रीय समितिको बैठकमा बैठकमा जेनजी प्रदर्शन, त्यसपछि विकसित घटनाक्रम, प्रतिनिधिसभा विघटन, फागुन २१ को निर्वाचन, जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको पार्टी कार्यालय पुनर्निर्माण, शान्ति सुरक्षा एवं सुशासन, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतका विषयमा छलफल गर्ने गरि एजेण्डा तय गरिएको छ ।

  • Related Posts

    विप्लवसहितका नेताहरुले गरे निर्वाचन आयोग पुगेर सनाखत

    काठमाडौँ । नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि सनाखत गरेका छन् ।  शुक्रबार महासचिव विप्लवसहितका नेताहरु कान्तिपथस्थित आयोग पुगेर दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका…

    यी हुन् रास्वपाको राजनीतिक प्रतिवेदनमा मुख्य १० बुँदा

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 17 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 29 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट