काठमाडौँ नेशनल मेडिकल कलेज आज देखि सञ्चालन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, १६ श्रावण । काठमाडौं नेशनल मेडिकल कलेज आज बाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । काठमाडौंको, अनामनगरस्थित घट्टेकुलोमा काठमाडौं नेशनल मेडिकल कलेज आज शुक्रबारबाट औपचारिकरुपमा संचालनमा आएको हो ।

अस्पतालले सेवा सञ्चालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै विशेष सेवाको योजनाहरू पनि ल्याएको छ ।अस्पतालको औपचारिक उद्घाटन सँगै ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्न थालिएको छ । साथै, अन्य सेवामा पनि सुरुवाती चरणमा छुट प्रदान गरिनेछ ।

विभिन्न विशेषज्ञ डक्टरहरु द्वारा सेवा प्रदान गरिदै छ। जस्तै जेनेरल मेडिसिन, जेनेरल सर्जरी, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, बाल रोग, नाक–कान–घाँटी, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, आँखा, नसा, मुटु, किड्नी, मूत्र तथा छाती रोगको उपचार निःशुल्क रूपमा प्रदान गरिनेछ ।

त्यसै गरी, आपतकालीन सेवा (इमर्जेन्सी) २४ घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स–रे, फिजियोथेरापी लगायतका सेवामा विशेष छुट दिइने बताइएको छ । साथै, अस्पताल परिसरभित्रै फार्मेसी सेवा पनि उपलब्ध हुनेछ ।

अस्पतालमा १५ बेडको आइसीयू, १५ बेडको एचडीयू, १५ बेडको नियोनेटल आइसीयू र १६ बेडको इमर्जेन्सी वार्ड तयार भइसकेको छ ।हाल १ सय ७४ बेड क्षमता सहितको संरचना तयार भए पनि, प्रारम्भिक चरणमा १ सय बेडको स्वीकृति लिएर सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको सेवा शुभारम्भको अवसरमा बोल्दै कलेजका सञ्चालक बसरुद्दीन अन्सारीले बिरामीलाई गुणस्तरीय, सुलभ र विश्वासिलो सेवा दिने प्रतिबद्धता जनाएका छन् । उनले यस सुखद अवसरमा सबै नागरिकले सेवाको मौका दिने विश्वास व्यक्त गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता द्वारा खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब ०८:०० बजेको समयमा वीरगञ्ज…

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बोक्सीको आरोप कसूरमा तीन जना महिलाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । गत २०८२ साल फागुन २७ गते…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 51 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 46 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 27 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 18 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 25 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 18 views
    आजको राशिफल