काठमाडौँ महानगरका हरेक वडामा २५ प्राथमिक उपचारकर्ता उत्पादन गरिने, रेडक्रससँग सम्झौता

 काठमाडौँ महानगरले सबै वडा (३२ वटा) मा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।

दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्‍याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । स्वीकृत मापदण्डअनुसारको तालिम सञ्चालन गर्न कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपकुमार के. सी. र रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलका बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । 

‘आपतकालीन अवस्थाका व्यक्तिको जीवन रक्षाका लागि यो अति जरुरी पर्छ । यसकारण प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न लागेका हौँ ।’ सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले भनिन, ‘वडाको भौगोलिक अवस्था, तालिम लिने व्यक्तिको तत्परता जस्ता सूचकका आधारमा तालिम चल्नेछ । एक पटक प्रदान गरिएको तालिमलाई दिगो बनाउन आवश्यकताका आधारमा थप योजना तर्जुमा हुनेछन् ।’

सम्झौता बमोजिम हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिमको तयारीका लागि वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रसँग तयारी बैठक हुनेछ । हरेक वडाको तालिम सञ्चालन गर्न १ लाख ६३ हजार ८५० रुपियाँ खर्च हुनेछ । सोसाइटीले आउँदो असार १० गतेभित्र सबै वडामा तालिम सम्पन्न गर्नेछ । 

  • Related Posts

    के शहनशिलता को उदाहरन बन्दै इरान

    काठमाडौँ । अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले…

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि युरोपेली संघबाट आयात हुने कार तथा ट्रकमा भन्सार शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइने बताएका छन् । ट्रम्पका अनुसार युरोपेली संघले यसअघि भएको…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 22 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 20 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 21 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 20 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 20 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 23 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन