प्रतिकुल बकपत्र गर्नेविरुद्ध अख्तियारबाट विशेष अदालतमा मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकुल बकपत्र गरेका सुर्खेतका टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८२–सीआर–००२७ मा नेपाल सरकारका तर्फबाट दायर गरिएको वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की प्रतिवादी रहेको मुद्धामा घर्तिले बयान बदलेर कार्कीलाई सहयोग गरेको अख्तियारको आरोप रहेको छ । 

आयोगका अनुसार घर्तीलाई अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायबाट पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो । तर उनले विशेष अदालत, काठमाडौँमा गत माघ २२ गते दिएको बयान पहिलेको प्रमाण र विवरणसँग मेल नखाने गरि दिएका थिए ।

अनुसन्धानबाट देउतीबज्यै निर्माणका सञ्चालक समेत रहेका घर्तीले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी सहज बनाउनका लागि टंकबहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको ठहर गर्दै घर्तीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

  • Related Posts

    अनधिकृत रुपमा ठेक्का प्राप्त प्रकरण: आशिष निर्माणका सञ्चालक पक्राउ

    काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ऋषिकेश गौली पक्राउ परेका छन्। नेपल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ई-गभर्मेन्ट…

    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना दलका सांसदलाई कागजातमा माननीय शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सबै सांसदहरूको लेटर हेड र…

    पहिलो

    अनधिकृत रुपमा ठेक्का प्राप्त प्रकरण: आशिष निर्माणका सञ्चालक पक्राउ

    • April 29, 2026
    • 0 views
    अनधिकृत रुपमा ठेक्का प्राप्त प्रकरण: आशिष निर्माणका सञ्चालक पक्राउ

    याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

    • April 29, 2026
    • 15 views
    याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    • April 29, 2026
    • 19 views
    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    १५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

    • April 29, 2026
    • 20 views
    १५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

    सुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरण

    • April 29, 2026
    • 17 views
    सुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरण

    नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

    • April 29, 2026
    • 24 views
    नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार