काठमाडौंका १० निर्वाचन क्षेत्रको यी स्थानमा हुदैछ मतगणना

काठमाडौँ । काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा मतदान सफलतापूर्वक सम्पन्न भएको छ।

जिल्ला मुख्य निर्वाचन अधिकृतका अनुसार यस निर्वाचनमा करिब ६० देखि ६५ प्रतिशत मतदाता मतदानमा सहभागी भएका अनुमान गरिएको छ । मतदानको अन्तिम मतदान विवरण आउनेक्रममा रहेको छ ।

अब मतपेटिका संकलनको काम शुरु गरिएको र आजै राति देखि मतगणना शुरु हुने भएको छ ।

मतगणना सम्बन्धी तयारी पनि पूर्ण रुपमा सम्पन्न भएको छ । जस अनुसार काठमाडौँको क्षेत्र नम्बर १ को मतगणना सहकारी विभागमा, क्षेत्र नम्बर २ को कागेश्वर मनोहरा नगरपालिका, क्षेत्र नम्बर ३ को चामुन्डा माध्यमिक विद्यालय नारायणटार, क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिका–२ स्थित जेष्ठ नागरिक कार्यालय, क्षेत्र नम्बर ५ को श्री समाज भवन टोखा नगरपालिका–५, क्षेत्र नम्बर ६ को तार्केश्वर नगरपालिका धर्मस्थली, क्षेत्र नम्बर ७ को जुडो हल नयाँबजार, क्षेत्र नम्बर ८ को जनउद्धार माध्यमिक विद्यालय हरिसिद्धि, क्षेत्र न्मब्र ९ को चन्द्रगिरी नगरपालिका बलम्बु र क्षेत्र नम्बर १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा हुने व्यवस्था गरिएको छ ।

मतगणना सुरु भएपछि निर्वाचन नतिजा सार्वजनिक गरिने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 15 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 20 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 21 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 18 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 21 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम