काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठक बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो ।
कार्यव्यवस्था समितिको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति रहेको छ ।
आजको बैठकले प्रतिनिधि सभा बैठकको भदौ महिनाको कार्यसूची तय गर्ने बताइएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तालिका रहेको छ ।









