के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

काठमाडौँ । स्मार्टफोन कम्पनीहरूले जानाजानी फोन छिट्टै कमजोर बनाउने गरेको आशंकाबीच युरोपेली संघले यस विषयमा कडाइ थालेको छ ।

नयाँ फोन सुरुमा निकै छिटो चल्ने भए पनि केही समयपछि ब्याट्री छिट्टै सकिने, कार्यक्षमता घट्ने र मर्मत महँगो हुने समस्या बढ्दै गएको भन्दै यसलाई योजनाबद्ध रूपमा पुरानो बनाउने’ रणनीति मानिएको छ ।

युरोपेली संघका नीति निर्माताहरूका अनुसार धेरै कम्पनीहरूले उपकरणलाई यस्तो ढंगले डिजाइन गर्छन्, जसले केही वर्षपछि प्रयोग गर्न असहज बनाउछ। फोन पूर्ण रूपमा बिग्रिँदैन, तर ब्याट्री क्षमता घट्ने, सफ्टवेयर अद्यावधिक बन्द हुने र पार्टपुर्जा नपाइने कारण प्रयोगकर्ता नयाँ फोन किन्न बाध्य हुने अवस्था सिर्जना हुन्छ।

तथ्यांकअनुसार अधिकांश मानिसले २ देखि ३ वर्षभित्र स्मार्टफोन परिवर्तन गर्ने गरेका छन् । यसमा ब्याट्रीको अवस्था, कार्यक्षमता र मर्मत खर्च मुख्य कारण मानिएको छ ।

सन् २०१७ मा पुराना आइफोनको गति घटाइएको विषय सार्वजनिक भएपछि यो बहस अझ चर्किएको थियो। कम्पनीले ब्याट्री कमजोर हुँदा फोन अचानक बन्द हुन नदिन यस्तो गरिएको बताएको भए पनि यसले ब्याट्रीको अवस्थाले फोनको अनुभवमा सीधा असर पर्ने देखाएको थियो ।

पहिले फोनमा ब्याट्री सजिलै फेर्न सकिने भए पनि अहिले अधिकांश स्मार्टफोन बन्द संरचनामा आउने गरेका छन् । यसले फोन पातलो, पानी नछिर्ने र आकर्षक बनाएको भए पनि मर्मत कठिन र महँगो बनाएको छ ।

प्रयोगकर्ता कम्पनीकै सेवा प्रणालीमा निर्भर हुनुपर्ने अवस्था बढेको छ । युरोपेली संघले अब यस्ता उपकरणलाई बढी टिकाउ, सजिलै मर्मत गर्न सकिने र लामो समयसम्म प्रयोग गर्न मिल्ने बनाउने नियम ल्याउने तयारी गरेको छ। नयाँ व्यवस्थाअनुसार ब्याट्री लामो समय टिक्नुपर्ने, स्पेयर पार्ट्स लामो समयसम्म उपलब्ध हुनुपर्ने र सफ्टवेयर सहयोग पनि बढाइनेछ ।

साथै, तेस्रो पक्षबाट मर्मत गर्ने प्राविधिकलाई पनि आवश्यक उपकरण र जानकारी उपलब्ध गराइनेछ । यसले प्रयोगकर्तालाई बारम्बार नयाँ फोन किन्नुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ ।

  • Related Posts

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    काठमाडौँ । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार वैदेशिक सहायता अपेक्षित अनुमानभन्दा कम प्राप्त भएको देखिएको छ । प्रतिवेदनअनुसार प्राविधिक सहायतालाई अलग राख्दा वास्तविक रूपमा वैदेशिक अनुदान…

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका…

    पहिलो

    दिनभरका प्रमुख २० समाचार

    • May 15, 2026
    • 3 views
    दिनभरका प्रमुख २० समाचार

    जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    • May 15, 2026
    • 21 views

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    • May 15, 2026
    • 27 views
    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत  प्राप्त

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    • May 15, 2026
    • 27 views
     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    • May 15, 2026
    • 30 views
    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    अलग भइन् मौनी रोय

    • May 15, 2026
    • 28 views
    अलग भइन्  मौनी रोय