कोशीका हिमाली जिल्लाको भ्रमणपछि काठमाडौँ फर्किइन् प्रधानमन्त्री कार्की

 आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाहरुको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरुसँग अन्तर्क्रिया गरेकी छन् ।

बिहानै प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनपछि प्रधानमन्त्री कार्कीले त्यहाँ भेला भएका स्थानीय तथा विभिन्त्र क्षेत्रका दर्शनार्थीहरुसँग अन्तर्क्रिया गरेकी हुन् ।

सो अवसरमा उनले भनिन्- ‘म यहाँ चुनाव सफल होस् भन्नका लागि आएकी हुँ। तपाईँहरु सबै जना मतदान गरिदिनुहोला। चुनावलाई शान्तिपूर्ण बनाउन आ-आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोला। यसपालिको चुनाव अरु नियमितजस्तो सामान्य चुनाव होइन। यो विशेष अवस्थामा हुन लागेको चुनाव हो। यसले देशलाई निकास दिनुपर्छ। देशको भविष्य कोर्ने चुनाव हो यो।’ 

प्रधानमन्त्री कार्कीलाई पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, पुजारी डिल्लीरमण पौडेललगायतले स्वागत गरेका थिए । पाथीभराबाट आजै प्रधानमन्त्री कार्की ताप्लेजुङको सदरमुकाम फुङलिङमा सरकारी अधिकारीहरुसँग छलफल गरेकी थिइन् ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकलगायतले निर्वाचन तयारी र सुरक्षा अवस्थाका बारेमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए  ।

प्रमुख जिल्ला अधिकारी सेढाईँका अनुसार, ९० हजार ३२७ मतदाता र एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा २ अस्थायीसहित ८२ मतदानस्थल तोकिएको छ। यीमध्ये चारवटा मतदानस्थल भौगोलिक रुपमा विकट र हिमाली क्षेत्र रहेका छन्। अहिलेसम्म मौसम सामान्य रहेको र खासै प्रतिकूलता नरहेको भए पनि हिमपात भएमा मतदानका लागि कर्मचारी आवतजावत गर्न कठिन हुन सक्ने उनको भनाइ थियो। साथै मतपेटिका हेलिकप्टरबाट ओसार्ने व्यवस्थाका लागि उनले अनुरोध पनि गरे ।

अहिलेसम्म सुरक्षा अवस्था सामान्य रहेको, कुनै अप्रिय घटना नभएको र चारवटै सुरक्षा निकायबीच चुस्त समन्वय रहेका कारण आगामी दिनमा अझै सहज ढंगले निर्वाचन गतिविधि सम्पन्न गर्न सकिनेमा आफूहरु ढुक्क रहेको पनि उनले बताए ।

उक्त छलफलको समापनमा प्रधानमन्त्री कार्कीले यो निर्वाचन शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट भविष्यका लागि मानक बन्ने गरी काम गर्न निर्देशन दिएकी थिइन् ।

उनले भनिन्- ‘तपाईँहरुले निर्वाचनका लागि गर्नुभएको प्रयास सह्राहनीय छ। तपाईँहरु यसरी खटेको देखेर मेरो आत्मविश्वास अझै बढेको छ । यो चुनाव मुलुकलाई एउटा नयाँ चरणमा रुपान्तरण गर्ने महत्त्वपूर्ण कोशेढुंगा हो। राष्ट्रको जीवनमा दीर्घकालीन प्रभाव पार्ने भएकाले त्यही प्रकारको गम्भीरता र जिम्मेवारीबोध हामी सबैमा हुनु जरुरी छ। त्यसैले भविष्यका लागि पनि यो चुनाव मानक बन्नुपर्छ। शान्ति, सुरक्षा, स्वच्छता, मितव्ययिता सबै कोणबाट मानक बन्ने गरी काम गरिदिनुहोस्। जसरी हुन्छ, यति गरिदिनुहोस्।’  

प्रधानमन्त्री कार्की दुई दिने भ्रमण सकेर आजै काठमाडौँ फर्किएकी छन् ।

  • Related Posts

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् ।  पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

     प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ । रास्वपा सुनसरी-…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 17 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 23 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो