क्षयरोग मुक्त पालिका घोषणा गर्न वीरगंज महानगरले सुरु गर्यो अभियान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ चैत । बीरगंज महानगरपालिका ले सन् २०३५ सम्म महानगरलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । आगामी ५ वर्ष भित्र क्षय रोगीको संख्या अन्त्य गर्ने र १० वर्षभित्र मुक्तको घोषणा नै गर्ने गरि महानगले आज बाट अभियान नै सुरु गरेको हो ।

महानगर भित्र क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गर्न घरघरमा पुगेर नि:शुल्क खकार जाँच स्क्रिनिङ संचालन गर्ने र त्यसका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी थालेको छ । क्षयरोग मुक्त वीरगंज बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्यका साथ अभियान अगाडी बढाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताउनु भयो । अभियान स्वरुप महानगरले शुक्रबार क्षयरोग मुक्त पालिकाको स्थापनाका लागि समिति गठन गर्ने काम सकेको छ ।

पालिका स्तरमा महानगर प्रमुखको संयोजकत्वमा समिति रहने र वडामा सम्बन्धित वडाको अध्यक्ष संयोजक रहने गरी समिति गठनको प्रारम्भिक सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिनुभयो ।

त्यस्तै क्षयरोग उन्मुलनका लागि सुक्ष्म रुपमा गाउँ, टोल र घर सम्मै पुगेर रोग पहिचान गर्दै त्यसलाई उपचारको दायरामा ल्याउनु चुनौति भए पनि सबैको साथ र सहयोग बाट लक्ष्य पूरा हुने विश्वास पनि लिनुभयो ।

कार्यक्रममा वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्रले समाजमा क्षयरोगीलाई हेलाका दृष्टिले हेर्ने गरिएकाले रोग लुकाएर राख्दा फैलन पुगेको भन्दै उहाँले रोग पहिचान गरी उपचार सम्ममा ल्याउन अब सबैको सक्रियता रहनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ३२ वटै वडाका वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । वडा अध्यक्षहरुले अब वडा तहमा यसको पहिचान र निदानका लागि समिति गठन गरेर घरघरमै पुग्ने संयन्त्र खडा गर्ने छन् ।

सरकारले सन् २०३५ सम्म क्षयरोगको महामारी समाप्त गर्ने लक्ष्य राखेको छ । क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका र २८ प्रतिशत अन्य अंगका बिरामी हुन्छन् । अन्य अंगमा फोक्सोको पानी, हड्डी र मस्तिष्कमा पनि क्षयरोग फैलन सक्दछ । क्षयरोगको प्रमुख लक्षणहरूमा २ हप्ता भन्दा बढी समय खोकी लाग्नु, राति ज्वरो आउनु, तौल घट्नु र खानामा रुचि कम हुनु समावेश छन् । धुमपान, सुर्तीजन्य पदार्थको सेवन, मधुमेह, मादक पदार्थको सेवन, एचआइभी सङ्क्रमण र कमजोर रोग प्रतिरोधात्मक क्षमतासहितका व्यक्तिहरूलाई क्षयरोगको उच्च जोखिम हुन्छ ।

महानगरले छिटो र प्रभावकारी रुपमा रोग पहिचान गर्न ३२ वटै वडाका स्वास्थ्य केन्द्र, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको परिचालन गर्ने तयारी गरेको छ । साथै, रोगी पत्ता लगाउन मेसिन जडान गरेर काम सुरु गरिएको छ । क्षयरोगको उपचारका लागि आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 62 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल