
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ३० माघ । वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा सोमबार साँझ करिब ०६:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १३, प्रतिमा चोक स्थित रहेको आसमिन फ्रेस हाउस बाट खसीको मासु हो भनी बाख्राको मासु विक्री गरिरहेको अवस्था बाट पक्राउ गरेको छ ।
उक्त साँझ त्यहाँ बाट खटि गएको प्रहरी टोलीले उल्लेखित पसलको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष टाँसी सिलाएर बेचिरहेको अवस्थामा फेला पारेकोले उक्त फ्रेस हाउसका सञ्चालक वीरगञ्ज महानगरपालिका वडा नं. १३ बस्ने वर्ष ४१ को हारून मियाँ अन्सारीलाई खसीको अण्डकोष टाँसिएको बाख्राको मासु अंदाजी १५ के. जी. सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ कालो बजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, पर्सा बाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।