खुला विश्वविद्यालयको तालाबन्दीबारे निर्णय लिन कार्यकारी परिषद्को बैठक बस्दै

काठमाडौँ । खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीले ताला लगाएपछि माग सम्बोधन गर्न कार्यकारी समितिको बैठक बस्ने भएको छ ।

स्थायी प्रक्रिया अगाडि बढाउनुपर्ने, सेवा सुविधाको व्यवस्था हुनुपर्ने माग राखेर प्राध्यापक र कर्मचारीले ताला लगाएका हुन् ।

माग सम्बोधन भए उपकुलपति र रजिस्ट्रार कार्यालयको मूल ढोकामा लगाइएको ताला खोल्ने संघर्ष समितिले जनाएको छ । आन्दोलनमा प्राध्यापक र कर्मचारी गरी ३५ जना छन् ।

खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीनवटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो ।

तर, स्थायीको प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन । सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाबाट पनि वञ्चित भएको संघर्ष समितिको भनाई छ ।

विश्वविद्यालयको सातौँ सिनेटले स्थायी गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । तर, अहिलेसम्म पनि उपकुलपति शिलु बज्राचार्यले प्रक्रिया अगाडि नबढाएको आन्दोलनरत प्राध्यापक र शिक्षकको गुनासो छ ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 76 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-