काठमाडौँ, २६ वैशाख । काठमाडौँ महानगरपालिका वडा नंं ७ गौरीघाट काभ्रेलीचोकमा विद्युत् सर्ट भई आगोलागी भएको छ ।
बिहान ४ः०० बजे एक्कासी विद्युत सर्ट भई गोरीघाटको काभ्रेलीचोकमा रहेको पण्डाल गृहमा आगोलागी भएको स्थानीयवासी गीता मानन्धरले बताएकी छिन् ।

आगोलागी भएको खबर स्थानीयबासीहरुले प्रहरीमा खबर गरेपनि अग्नीनियन्त्रण यन्त्रहरु आई अहिले आगोलागी नियन्त्रण गरेता पनि पण्डाल गृह पूर्ण रुपमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन ।