विष्णुप्रसाद तिमल्सिना

काठमाडौँ, २१ भाद्र । श्रीकृष्ण जन्माष्टमी अवसरमा चावहिलस्थित गौरीनगर सुधार समिति कृष्ण झुला कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । समितिको पहलमा बिहान ९ बजेदेखि कृष्णको मूर्तिसहित खटलाई श्रृङ्गारपटार गरी स्थानीय टोलटोल परिश्रमा गरिएको थियो । गौरीघाट चोकबाट उमाकुण्ड, चावहिल पिपलबोट, मौजुबहाल ॐ आदि चोक, गौरीघाट चोक हुँदै मचगापार्कमा कृष्ण झुलासहित रथ पु¥याइएको थियो । सो क्रममा कृष्ण झुलासहितको रथलाई गौरी मातृशक्ति समूहका आमा दिदिबहिनी तथा जनजागरुक युवा क्लबका अध्यक्ष अमृतजंग थापासहितका स्वयंसेवकको रुपमा उपस्थिति भई रथ तान्ने काम गरिएको थियो ।

कृष्ण झुला कार्यक्रममा थप रौनकता प्रदान गर्न संघीय सांसद् माननीय गगनकुमार थापा, बागमती प्रदेश सभा सदस्य माननीय श्रीराम लामिछानेदेखि काठमाडौँ महानगरपालिका वडा नं. ७ का जनप्रतिनिधिहरू उज्ज्वल अर्याल, सुरेश शाही, कल्पनाकलश सुन्दास, गौरीनगर सुधार समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र, चावहिलका अध्यक्ष रमेश श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलका विष्णुप्रसाद ढुंगाना, सामुदायिक सेवा समाजलगायतका स्थानीय धार्मिक, सामाजिक संघसंस्थाहरूदेखि लिएर स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

विगत ९ वर्षदेखि यो कार्यक्रमको आयोजना गरिँदै आएको समितिका कोषाध्यक्ष कार्यक्रम संयोजक भरत श्रेष्ठले बताए । धार्मिक जागरणमार्फत स्थानीयबासीहरुसँगको आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ यो कार्यक्रमका लागि निरन्तरता दिएको श्रेष्ठ बताउँछन् । पूर्व निर्धारित तालिकाअनुसार विहान ९ बजेदेखि कृष्ण झुला रथ परिक्रममा गरिएको र दिउँसो २ बजेपश्चात् लाखे नृत्य समेत प्रस्तुत गरिएको बताउँदै कार्यक्रममा सहभागि हुने सबैलाई प्रसादको समेत व्यवस्था गरिएको थियो ।