चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् ।

राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको हो । चलचित्र प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिए । नेपाली चलचित्र उद्योगमा प्रेमकथामा आधारित चलचित्रको संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने चलचित्र निर्माण गर्न लागिएको उनले बताए ।

चलचित्रको मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने म्युजिक युग भुसालको छ । आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने चलचित्रको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन् । एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन् । नरेन्द्र मैनालीको डीओपी रहने सिनेमा मनीष गौतमले लेखेका छन्

  • Related Posts

    दिनभरका प्रमुख २० समाचार

    सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई रिहा गर्न आदेश दिएको हो ।…

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    काठमाडौँ । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार वैदेशिक सहायता अपेक्षित अनुमानभन्दा कम प्राप्त भएको देखिएको छ । प्रतिवेदनअनुसार प्राविधिक सहायतालाई अलग राख्दा वास्तविक रूपमा वैदेशिक अनुदान…

    पहिलो

    दिनभरका प्रमुख २० समाचार

    • May 15, 2026
    • 2 views
    दिनभरका प्रमुख २० समाचार

    जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    • May 15, 2026
    • 17 views

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    • May 15, 2026
    • 27 views
    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत  प्राप्त

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    • May 15, 2026
    • 27 views
     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    • May 15, 2026
    • 30 views
    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    अलग भइन् मौनी रोय

    • May 15, 2026
    • 28 views
    अलग भइन्  मौनी रोय