चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

मुनामदन सिलवाल
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात यस मन्दिर परिसरमा स्थानीयबासीहरूको व्यापक सहभागितासहित विहान ८ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म पूजाअर्चनासहित मन्दिरमा उपस्थिति हुन सबै भक्तजनहरुलाई पूजाप्रसाद वितरण गरिएको थियो ।


यस कुमारी मन्दिरको इतिहासलाई खोतल्ने हो भने ऐतिहासिक स्थल मैजुबहालस्थित माटोको ढिस्कोमाथि रहेको कुमारी मन्दिर बाटो विस्तार गर्ने क्रममा सो ढिस्कोलाई बोटाको सतहमा ल्याउने क्रममा सो ढिस्कोबाट नागहरू निस्केको र सो ढिस्को भत्काउने काम बन्द गरी स्थानीयबासी एवं भक्तजनसहित सो कुमारी मन्दिरमा क्षमापूजा गरिएको पाइन्छ । त्यस्तै वि.सं. २०४१ सालतिर मैजुबहाल कल्याणकारी गुठी र स्थानीयवासीको पहिलमा पहिलोपटक मन्दिर निर्माण भएको थियो । पछि का.म.पा वडा नं. ७ को वडा अध्यक्ष शुद्धकुमार डंगोल र सदस्य निर्मला पुडासैनी, सदस्य चन्द्रकला सुन्दास, सदस्य कृष्णमणि भट्टराई, सदस्य कृष्णप्रसाद घिमिरे रहेको कार्यसमितिबाट बजेट निकासा गरी मन्दिर निर्माण कार्य भएको हो ।


त्यस्तै वि.सं. २०७९ सालमा निर्वाचित वडा अध्यक्ष विमल होडा, सदस्यहरू रुपा थापा क्षेत्री, कल्पनाकलश सुन्दास, उज्जल अर्याल, सुरेश शाहीको कार्यसमितिबाट थप बजेट निकास गरी कुमारी मन्दिरमा पितलको छाना, बार, बत्ति आदिको निर्माण कार्य भई मन्दिरले पूर्णता पाएको थियो । त्यसपछि स्थानीयबासी वरिष्ठ साहित्यकार एवं समाजसेवी स्व. उत्तम कुँवरको सम्झनामा चारमुखे शिवलिङ्गको प्रतिमा स्थापना गर्न देवेन्द्र लोहनी, अणिमा कुँवर खडायत, अनामिका कुवरसिंहबाट आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न हुनुका साथै शिवलिङ्गको प्राणप्रतिष्ठा गर्ने कार्य समेत मैजुबहाल कल्याणकारी गुठीका निवर्तमान अध्यक्ष तथा मैजुकुमारी सामुदायिक सेवा समाजका अध्यक्ष हरिभक्त महर्जनको सक्रियतामा सम्पन्न भएको थियो । हाल यस कुमारी मन्दिरमा मैजुकुमारी महिला आरती समूहको सक्रियतामा दैनिक साँझमा आरती गरिँदैआएको मैजुकुमारी महिला आरती समूहकी अध्यक्ष रचना बरालले बताइन् ।

  • Bishnu Timalsina

    Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 83 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-