चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

मुनामदन सिलवाल
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात यस मन्दिर परिसरमा स्थानीयबासीहरूको व्यापक सहभागितासहित विहान ८ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म पूजाअर्चनासहित मन्दिरमा उपस्थिति हुन सबै भक्तजनहरुलाई पूजाप्रसाद वितरण गरिएको थियो ।


यस कुमारी मन्दिरको इतिहासलाई खोतल्ने हो भने ऐतिहासिक स्थल मैजुबहालस्थित माटोको ढिस्कोमाथि रहेको कुमारी मन्दिर बाटो विस्तार गर्ने क्रममा सो ढिस्कोलाई बोटाको सतहमा ल्याउने क्रममा सो ढिस्कोबाट नागहरू निस्केको र सो ढिस्को भत्काउने काम बन्द गरी स्थानीयबासी एवं भक्तजनसहित सो कुमारी मन्दिरमा क्षमापूजा गरिएको पाइन्छ । त्यस्तै वि.सं. २०४१ सालतिर मैजुबहाल कल्याणकारी गुठी र स्थानीयवासीको पहिलमा पहिलोपटक मन्दिर निर्माण भएको थियो । पछि का.म.पा वडा नं. ७ को वडा अध्यक्ष शुद्धकुमार डंगोल र सदस्य निर्मला पुडासैनी, सदस्य चन्द्रकला सुन्दास, सदस्य कृष्णमणि भट्टराई, सदस्य कृष्णप्रसाद घिमिरे रहेको कार्यसमितिबाट बजेट निकासा गरी मन्दिर निर्माण कार्य भएको हो ।


त्यस्तै वि.सं. २०७९ सालमा निर्वाचित वडा अध्यक्ष विमल होडा, सदस्यहरू रुपा थापा क्षेत्री, कल्पनाकलश सुन्दास, उज्जल अर्याल, सुरेश शाहीको कार्यसमितिबाट थप बजेट निकास गरी कुमारी मन्दिरमा पितलको छाना, बार, बत्ति आदिको निर्माण कार्य भई मन्दिरले पूर्णता पाएको थियो । त्यसपछि स्थानीयबासी वरिष्ठ साहित्यकार एवं समाजसेवी स्व. उत्तम कुँवरको सम्झनामा चारमुखे शिवलिङ्गको प्रतिमा स्थापना गर्न देवेन्द्र लोहनी, अणिमा कुँवर खडायत, अनामिका कुवरसिंहबाट आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न हुनुका साथै शिवलिङ्गको प्राणप्रतिष्ठा गर्ने कार्य समेत मैजुबहाल कल्याणकारी गुठीका निवर्तमान अध्यक्ष तथा मैजुकुमारी सामुदायिक सेवा समाजका अध्यक्ष हरिभक्त महर्जनको सक्रियतामा सम्पन्न भएको थियो । हाल यस कुमारी मन्दिरमा मैजुकुमारी महिला आरती समूहको सक्रियतामा दैनिक साँझमा आरती गरिँदैआएको मैजुकुमारी महिला आरती समूहकी अध्यक्ष रचना बरालले बताइन् ।

  • Bishnu Timalsina

    Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन