दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २५ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले चोरीको सामान सहित एक जना भारतीय युवा लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

यही माघ ०७ गते दिउसो ०१:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १२ बस्ने वर्ष ५५ को कपिल प्रसाद रौनियारले कामको सिलसिलामा काठमाण्डौ गएको हुँदा निजको घरमा कोही नभएको मौका छोपी निजको दुई तल्लेघरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरी घरमा रहेको नगद रू. १ लाख तथा गरगहना, अन्य सामानहरू रु. ११ लाख १० हजार गरी जम्मा रू. १२ लाख १० हजार बराबरको धनमालहरू चोरी भएको भन्ने समेत व्यहोराको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, श्रीपुर, पर्सा बाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गरी खोज तलासको क्रममा सोमबार दिउँसो करिब ०३:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१३ स्थित सडक खण्ड बाट भारतको विहार राज्य, जिल्ला सितामढी वडा नं. ०६, सुगौली घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं.१३ मा डेराकोठा लिइ बस्ने वर्ष २० को राजु आलम भन्ने फैयाज आलमलाई नियन्त्रणमा लिइ प्रारम्भिक सोधपुछ गर्दा उक्त घरमा निजले चोरी गरेको भन्ने खुल्न बुझिन आएको हुँदा निजको डेराकोठा रीतपुर्वक खानतलासी गर्दा चोरी भएको दशीको सामान LED दुई थान र क्यामेरा एक थान अन्य गरगहनाहरू समेत फेला पारी बरामद गरी निज  राजु आलम भन्ने फैयाज आलमलाई यस कार्यालयमा ल्याइ  निज विरुद्द चोरी सम्बन्धी कसूरमा मंगलबार पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान भैरहेको कुरा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बुधबार बताएका छन् ।