छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, १८ वैशाख । वीरगञ्ज महानगरपालिका–२ मा अवस्थित ऐतिहासिक छपकैया पोखरीको संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने स्थानीय अभियन्ता जफरुल मिया (जफर) लगायतका अगुवाहरूलाई महानगरपालिकाले सम्मान गरेको छ ।

वर्षौंदेखि भू–माफियाको अतिक्रमणको जोखिममा परेको करिब ४ बिघा क्षेत्रफलमा फैलिएको यस महत्वपूर्ण सार्वजनिक जलाशयलाई जोगाउन जफर र उनको टोलीले निरन्तर कानुनी, सामाजिक तथा जनचेतनामूलक संघर्ष गर्दै आएका थिए ।

यस अभियानमा देखाएको साहस, प्रतिबद्धता र योगदानको कदर गर्दै वीरगञ्ज महानगरपालिकाले आज आयोजित एक कार्यक्रमबीच जफरसहित अभियानमा सक्रिय रूपमा सहभागी करिब ४० जना स्थानीयलाई सम्मान गरेको हो ।

कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै सार्वजनिक सम्पत्ति संरक्षणमा उनीहरूले देखाएको अग्रसरता समाजका लागि प्रेरणादायी भएको उल्लेख गर्नु भयो ।

सम्मान कार्यक्रममा बोल्दै जफरुल मियाले महानगरपालिकाबाट प्राप्त सम्मानप्रति धन्यवाद व्यक्त गर्नु भयो । उहाँले लामो संघर्षको यात्रामा महानगरले पुर्‍याएको साथ, सहयोग र समर्थनप्रति विशेष आभार प्रकट गर्नुभयो। साथै, सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनु भयो ।गत चैत १७ गते पर्सा जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले गरेको ऐतिहासिक फैसलाले यस पोखरीलाई भू–माफियाको कब्जाबाट मुक्त गरिदिएको थियो ।

अर्बौँ मूल्य बराबरको यो जलाशयमाथि भएको अवैध दाबीलाई खारेज गर्दै अदालतले यसलाई सार्वजनिक सम्पत्तिको रूपमा कायम गरेको हो ।

यस ऐतिहासिक निर्णयका लागि जफरुल मिया सहितको टोलीले एक दशकभन्दा बढी समय संघर्ष गर्नुपरेको थियो । उनीहरूले २०३१ सालदेखिका नगर पञ्चायतका ठेक्का रसिद, बोर्ड बैठकका निर्णयहरू, तथा अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरू संकलन गरी अदालतमा प्रमाणका रूपमा पेश गरेका थिए । यी प्रमाणहरूले पोखरीको सार्वजनिक हैसियत पुष्टि गर्न निर्णायक भूमिका खेलेका थिए ।

छपकैया पोखरीको संरक्षणका लागि गरिएको यो संघर्षले केवल एउटा जलाशय मात्र जोगाएको छैन, बरु सार्वजनिक सम्पत्तिको रक्षा गर्न नागरिकस्तरबाट पनि प्रभावकारी पहल सम्भव हुन्छ भन्ने सशक्त सन्देश दिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 28 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 27 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 38 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 185 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ