जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित) को दफा २१ को उपदफा (२) बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो । यसका लागि मिति २०७३/०२/३१ र २०७४/०१/२१ मा तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले सूचना प्रकाशित गरेको थियो।

तर तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्झौता बमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा निर्माण गरिएका संरचना समेत यथाशीघ्र खाली गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ ।

  • Related Posts

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    COPY ALL NEWS काठमाडौं । कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-९ भाजंगल बस्ने अछाम साँफेबगर नगरपालिका-४ घर…

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    सर्वोच्च अदालतको आजको मुद्धाको पेशी करिब दुई घण्टा ढिलो गरि तोकिएको छ । संबैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई विहिबार सिफारिस गरेपछि आज सर्वोच्चको पेसी ढिलो गरि तोकिएको हो ।…

    पहिलो

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    • May 8, 2026
    • 31 views

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    • May 8, 2026
    • 29 views
    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    • May 8, 2026
    • 27 views
    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    • May 8, 2026
    • 28 views
    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    सुनचाँदीको मुल्य बढ्यो

    • May 8, 2026
    • 16 views
    सुनचाँदीको मुल्य बढ्यो

    मन्त्रिपरिषद्को बैठक आज बस्दै

    • May 8, 2026
    • 26 views