काठमाडौं, मङ्सिर २९ । कलाकर्मीहरूको संस्था जनचेतना नेपालले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। झापाको शिवसताक्षीस्थित हाइजेनिक होटलमा एक कार्यक्रम आयोजना गरी झापा जिल्ला संयोजक शिवकुमार मैनालीको कार्यसमितिले गायक तथा अभिनेता अर्जुन सापकोटा, गीतकार गणेश सुवेदी, युवा अभियन्ता अर्जुन भुसाल, सर्प उदारकर्ता यमलाल भण्डारीलाई सम्मान गरेको हो ।

जनचेतना नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण निरौलाको प्रमुख आतिथ्यतामा संस्थाका पर्यवेक्षक रोहित नेपालले सहजीकरण गरेको कार्यक्रममा अर्जुन भुसाल र गणेश सुवेदीले मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष निरौलाले छोटो समयमा सभ्यरूपमा कार्यक्रम सफल बनाएकोमा झापा कार्यसमितिको प्रशंसा गरे।