दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०९ पुस । वीरगंज स्थित जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै सांसद प्रभु हजराले सहकारीकर्मीहरुले विपन्नवर्गको जिवन स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । सो क्रममा बुद्धिजीवी प्रदेशका मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता, केन्द्रिय सदस्य रुदल ठाकुर, पर्सा अध्यक्ष सन्तोष साहलाई सम्मान गरिएको थियो ।

संस्थाकी अध्यक्ष ममता गुप्ताको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला वचत संघ पर्साका अध्यक्ष राजेश पंडित, महासचिव जिष्नु बराल, वीरगंज महानगरपालिका वडा नं. ०८ का पूर्व अध्यक्ष एवं समाजसेवी मदन गुप्ता, विभिन्न सहकारीका प्रतिनिधि लगायतकाले संस्थाको प्रगतिको कामना गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा संस्थाका प्रबन्धक रामबाबु चौधरीले प्रतिवेदन प्रस्तुत गर्दै संस्था निरन्तर प्रगति उन्मुख रहेको बताउनु भयो ।

साथै कार्यक्रममा उत्कृष्ट बचतकर्ता ऋणीलाई सम्मान गरिएको थियो ।