दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २४ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले ठगी गर्ने एकजना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

मिति २०७९ साल श्रावण ०५ गते बिहान करिब ०९:०० बजेको समयमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०४ बस्ने वर्ष २० को अमन चौरसियालाई पतञ्जली आयुर्वेद प्रा. लि. मा कामदारको खाचो छ, म त्यस कम्पनीको सुपरभाईजर पदमा कार्यरत छु भनी उक्त कम्पनीको नक्कली परिचय पत्र झुण्ड्याई उक्त कम्पनीमा कामदारको सिट खाली छ, भनी भन्दै गरेको कुरा थाहा पाई अमन चौरसियाले मलाई पनि त्यस कम्पनीमा काम लगाई दिनु भन्दा हुन्छ, आफ्नो नागरिकता र सर्टिफिकेट प्रमाण पत्र तथा रू. २५ हजार रकम भनेको खाता नम्बरमा रकम जम्मा गरि दिनु भनी जागिर लगाइ दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको भनी अमन कुमार चौरसिया समेतले मिति २०८० साल जेष्ठ १६ गते यस कार्यालयमा ठगी सम्बन्धी कसूर मुद्दाको जाहेरी दरखास्त दिएको सूचनाको आधारमा उक्त कार्यमा सलंग्न रहेका पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०५ बस्ने वर्ष २५ को अंकेश कुशवाहालाई खोजतलास गर्ने क्रममा मंगलबार त्यहाँ बाट खटिएको प्रहरी टोलीले निजको स्थायी घर ठेगाना बाट नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द ठगी सम्बन्धीको कसूर मुद्दामा पर्सा जिल्ला अदालत बाट पाँच दिनको को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताएका छन् ।