मुना न्यौपाने
काठमाडौँ, ८ साउन । डा. अनन्त अर्यालले जेष्ठ नागरिकहरुले उमेर बढेसँगै नियमित व्यायम र खानपानमा समेत विशेष ध्यान पु¥याउनुपर्ने औँल्याउँदै नियमित योग ध्यान गर्न समेत सुझाव दिनुभयो ।
६० वर्षभन्दा बढीका जेष्ठ नागरिकलाई लक्षित गर्दै उदय समाजले लाइफलाइन हेल्थ होमकेयर प्रा.लि.को प्राविधिक सहयोगमा कान्तिपथस्थित ग्राण्डी सिटी अस्पतालमा गत शनिवार सम्पन्न उक्त कार्यक्रममा डा. अर्यालले सुझाव दिनुभएको हो ।

अभिमुखीकरण कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ–आफ्नो जिज्ञासा राख्नुभएको थियो । डा. अर्यालले उहाँहरुको जिज्ञासाको समाधान दिनुभएको थियो । साथै कार्यक्रममा समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मानीत गरिएको थियो ।