ज्ञानेन्द्रको आग्रह- देशभित्रवाट समस्याको समाधान निकालौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश भित्रबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । 

पूर्वराजा शाहको संवाद सचिवालय मंगलबार विज्ञप्ति जारी गरेर पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजक  कसैको घुसपैठ नहोस् भन्दै ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ- 

जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडी बढेका होनहार किशोर किशोरी र युवा युवतीहरु यही भाद्र २३ गते काठमाडौं लगायत देशका धेरै जसो प्रमुख शहरहरुमा विरोध प्रर्दशन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय हो ।

युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरि ज्यान लिनु र सयौंलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको छ । यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरित रहेको छ ।

घटनामा ज्यान गुमाएका ति होनहार आत्माप्रति पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव लगायत सम्पुर्ण राजपरिवारबाट हार्दिक श्रद्धाञ्जली बक्सदै तिनका अभिभावकजनमा समवेदना बक्सेको छ । समस्त घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिबक्सेको छ ।

पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस, अराजक नरहोस र यसमा कसैको धुसपैठ नहोस भन्ने धारणा राखि बक्सेको छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रवाट समस्याको समाधान निकालियोस भन्ने चाहना राखी बक्सेको छ ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 54 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 104 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 94 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 98 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 103 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-