दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०३ फागुन । वीरगञ्ज स्थित श्री नृसिंह मा. बि. पिपरा मठ वीरगञ्जको सभाहलमा टेक्निकल टिचर एसोसिएसन पर्साको जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ ।

टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेशका सचिव अनन्त प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको जिल्ला अधिवेशनले ११ सदस्यीय टेक्निकल टिचर एसोसिएसन पर्साको समिति चयन भएको छ ।

जसमा अध्यक्ष संजय कुमार सक्सेना, उपाध्यक्ष अजय कुमार महतो, कोषाध्यक्ष अभिषेक यादव, सचिव सरोज कुमार उपाध्याय, सह सचिव राहुल कुमार साह, सदस्य संतोष साह, श्याम सुन्दर कुशवाहा, समसोदिन अंसारी, विकास पटेल, मुकेश कुमार महतो, धर्मनाथ कुमार झा लगायतका पर्सा जिल्ला समिति चयन गरिएको छ ।

उक्त जिल्ला अधिवेशनमा शिक्षक शेषनाथ प्रसाद चौधरी, आशुतोष यादव, वावुनन्द पटेल, संदिप कुमार चौरसिया, रवि कुमार गुप्ता, शम्भु साह ,राजकिशोर प्रसाद कानु लगायतका पर्सा जिल्लाका विभिन्न बिधालयका शिक्षकहरुको सहभागिता रहेको थियो । आयोजित जिल्ला अधिवेशन टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेश का संस्थापक सचिव ई. राजेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कुरा टेक्निकल टिचर एसोसिएसन समितिका सह सचिव राहुल कुमार साहले बताएका छन् ।