दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २२ माघ । वडा प्रहरी कार्यालय, श्रीपुर ले आईतबार बिहान करिब ०९:३० बजेको समयमा बबिरगंज महानगरपालिका वडा नं. २३ मा अवस्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र को लागि राखिएको ट्रायल सेन्टर बाट दुई जना नक्कली प्रशिक्षार्थीहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त ट्रायल सेन्टरमा सुरक्षाको लागि त्यहाँ बाट खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ०३ बस्ने अन्दाजी बर्ष ३६ को निजामोदिन अंसारीको ठाउँमा बिरगंज महानगरपालिका वडा नं. २४, रामगढवा बस्ने अन्दाजी बर्ष २० को सर्दुन अंसारीले लिखित परिक्षाको लागी कृते हाजिरी गरेकोमा दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।