दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १४ मंसिर । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ०५ टाली चोक स्थित भित्री सडकखण्डमा रामनगरी बाट महुवन तर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले महुवन बाट रामनगरी तर्फ चटपटे बिक्री गरी ठेलामा जाँदै गरेको पर्सा जिल्ला कै बहुदरमाई नगरपालिका वडा नं. ०८ रामनगरी बस्ने  अंदाजी वर्ष ४५ को तपसी साह कानुलाई ठक्कर दिदाँ निजको मंगलबार राती करिब ०८:४० बजेको समयमा घट्नास्थलमै मृत्यु भएको कुरा पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार उक्त घटना बारे जानकारी  प्राप्त हुन साथ तत्कालै ईलाका प्रहरी कार्यालय, पोखरीया पर्सा बाट प्रहरी निरीक्षक आयुश जोशीको कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा दुर्घटना पश्चात चालकले ट्याक्टर लिई फरार रहेको हुँदा तत्कालै खोजतलास गर्दा धुलो माटोले अल्फावेट भेटिएको अवस्थामा २८५८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई मृतक तपसी साह कानुको घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्काको कार्य सम्पन्न गरी थप अनुसन्धान भैरहेको तथा दुर्घटना पश्चात फरार रहेको चालकको खोजतलास भैरहेको कुरा सूचना अधिकारी गिरीले बुधबार बताएका छन् ।