डुवान बाट बचाउन पूर्व तयारी, वीरगंजको मुख्य नाला सफाईमा तिब्रता, अब वीरगंज डुब्दैन : प्रमुख सिंह

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०६ बैशाख । वीरगंज महानगरपालिकाले यहाँको मुख्य नाला सफाइलाई तिब्रता दिएको छ ।

वर्षाको समय नजिकिएको र बजार डुबान हुन बाट बचाउन मुख्य नाला सफाई अनिवार्य रहेकाले हुलाक कार्यालय देखि भन्सार क्षेत्र सम्मको मुख्य नाला सफाई धमाधम भइरहेको हो ।

छपकैया स्थित पानी प्रशोधन केन्द्र देखि उत्तर तर्फ सफाइको काम सकेर अहिले दक्षिण तर्फ भन्सार सम्म सफाईको काम चलिरहेको छ ।

महानगर प्रमुख राजेशमान सिंहले वर्षाको समयमा डुबानको समस्या हुन नदिन अहिले बाटै तयारी स्वरुप मुख्य नाला सफाई गरिएको बताउनु भयो । मुख्य नाला सफाई सँगसँगै सहायक नाला सफाई समेत भइरहेको पनि उहाँले बताउनु भयो ।

महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यम बाट नाला सफाईको काम तिब्र पारिएको पनि उहँले बताउनु भयो । स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको उहाँको भनाई छ ।

नाला सफाई कार्यको अवलोकन गर्नु हुँदै महानगर प्रमुख सिंहले नाला सफाईको काम सकिए पछि अब वीरगंज नडुब्ने बताउनुभयो । ‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिँदा पानी सहज रुपमा बग्न सकेको थिएन,’ महानगर प्रमुख सिंहले भन्नुभयो, ‘सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई भए मात्रै वीरगंज डुबानबाट बँच्ने भएकाले यसको सफाई प्रमुख प्राथमिकतामा राखेर गरिरहेका हौं ।’

विगतदेखि नै सफाई गरिएकाले गएको दुई वर्षदेखि वीरगंज डुबान मुक्त पारिएको बताउँदै उहाँले अहिले पनि मुख्य नालाको सुरुदेखि अन्तिम बिन्दुसम्मै सफाईको काम चलिरहेको बताउनु भयो । महानगर प्रमुख सिंहले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गर्नु भएको छ । ‘सरसफाईमा नागरिक सहभागिता पनि जरुरी छ, महानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,’ उहाँले भन्नुभयो, ‘नागरिक सहभागिता जरुरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छौ, पटक–पटक अटेर गरिए कारबाही पनि गर्छौं ।

’मुख्य नाला सफाई गर्न अहिले चार वटा स्काभेटर र २५ जना सफाईकर्मी दैनिक रुपमा खटिरहेको महानगरपालिकाका हरियाली तथा सरसफाई संयोजक जयप्रकाश खेतानले जानकारी दिनुभयो । मुख्य नालाको निरन्त सफाईले विगत दुइ वर्षदेखि वीरगंज बजार क्षेत्र डुबान मुक्त बनेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 126 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-