पं. बालमुकुन्द देवकाेटा
आज टोपी दिवस भएकोले यो ढाका टोपी वा धाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो।ढाका टोपी नेपालीहरूको मौलिक पोसाक पनि हो। नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् ।यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जन-जातिले निकै सम्मानका साथ लगाउँछन् ।नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ।महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा(खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ। उहिलेका जमानामा घरेलु धागाबाट मुख टाउको छोप्ने मखरल, टोपी,र महिलाहरूले टाउकामा बाध्ने स्काप पनि बनाइन्थ्यो ।
सुरुवातमा धाका टोपी भनिन्थ्यो पछि गएर यसको ब्यापकता हुँदै जादा धाका टोपिलाइ नै आजकाल ढाका टोपी भनिन्छ। जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको छ । केहि मानिसहरु ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर पनि कुरा गर्छन् । तर्क गर्न र विविध कोण वा विचारबाट घटना र बस्तुको विश्लेषण गर्नु सहि भए पनि ढाका टोपी चै नितान्त नेपाली उत्पादन नै हो। केहि विश्लेषकहरूले टाउको “ढाक्ने” हुनाले टाउको “ढाक्ने टोपी” लाई कालान्तरमा “ढाका टोपी” भनियो भनेर पनि भनेका छन् । नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं वर्ष देखि लगाउने गरिएको छ । ढाका टोपी धेरै प्रकारका टोपीहरू मध्येको एक नेपाली टोपी हो ।नेपा मण्डल उपत्यकामा ढाकाको कपडाबाट बनेको परम्परागतरूपमा पुरूषहरूले लगाउने शिरपोश अथवा टोपी हो। यो मुख्य रूपले नेपाल मण्डल उपत्यका नेवा उपत्यका नेवाहरूको मुख्य पहिरन भए पनि पछिलो समयमा पहाडी भू-भागमा बसोबास गर्ने प्रायः सबै क्षेत्री, बाहुन र अन्य जातीका मानिसहरूले पनि परम्परागत रूपमा लगाउने गर्दछन्। ढाका टोपी नेवा समुदायको मौलीक पहिरन हो । प्राचीनकाल देखी नेपाल मण्डल उपत्यकामा ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ। प्रायः ढाका टोपी पुरूषहरूले प्रयोग गर्छन्। आजकल महिलाहरूले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन्। प्राय दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ। ढाका टोपीले नेवा समुदायको पहिचान जनाउँछ । पाल्पाली र पूर्वेली ढाकाटोपी देशका उत्कृष्ट ढाकाटोपी हुन्। पछिलो समय नेवारहरू उपत्यका भन्दा बाहिर सरे पछि यो टोपी नेपालभर प्रचलनमा आएको छ।
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो | उक्त सामाजिक संजालका संस्थापकहरुद्वय डा. लेखनाथ काफ्ले,(ताइवान) र शंकर बन्जाडे रहेका छन् । “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने मूल नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिएको हो । त्यसो गर्दा अन्तराष्ट्रियरूपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र सम्बर्द्धन गर्न मद्दत पुग्दछ । नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक वर्ष जनवरी १ मा विश्वव्यापीरूपमा जनसहभागिता सहित सञ्चार माध्यमहरूमा चर्चा हुने गर्दछ । बिगत केहि वर्ष देखि स्वस्फूर्तरूपमा जागरुक युवा अभियान, नेपाल लगायत विभिन्न समुह, संस्थाहरूले देश तथा बिदेशमा नेपाली टोपी दिवसको प्रचारप्रसार सहित विविध कार्यक्रम सहित मनाएर यसलाई झनै व्यापक बनाइरहेका छन् ।
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै जातिको पहिचान झल्काउने टोपी पनि छन् । अन्तराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति, जनजातिले आफ्नै टोपी वा आआफ्नो मौलिक शिरपोश लगाएर मनाउन आह्वान गर्दै आफ्नो संस्कृतिको संरक्षणको भावना राखिएको हुन्छ । १ जनवरीका दिन आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाई, फोटो खिचेर आआफ्नो सामाजिक संजालमा शेयर गर्ने पनि गरिन्छ । यो अभियानको मूल उद्देश्य “नेपाली / गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ “ भन्ने रहेको छ ।