तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री

म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दसैँ पर्वका लागि आठ हजार भेडाच्याङग्रा बिक्री भएको थियो । पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्याङग्रा मात्र बजार पठाउने गरिएको छ ।

दसै र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङग्रा बजारमा बिक्री भएको हो । “उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दसैँ तिहारमा भेडाच्याङग्राको व्यापार बढी भएको छ,” केन्द्र प्रमुख अर्यालले भने, “कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्याङग्रा बिक्री गरेका छन् ।”

जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानहरूबाट खरिद गरेका छन् ।

गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा रु. ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङग्रा महँगी हुँदा बिक्री नभएर ब्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।

  • Related Posts

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    सर्वोच्च अदालतको आजको मुद्धाको पेशी करिब दुई घण्टा ढिलो गरि तोकिएको छ । संबैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई विहिबार सिफारिस गरेपछि आज सर्वोच्चको पेसी ढिलो गरि तोकिएको हो ।…

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल…

    पहिलो

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    • May 8, 2026
    • 31 views

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    • May 8, 2026
    • 29 views
    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    • May 8, 2026
    • 27 views
    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    • May 8, 2026
    • 28 views
    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    सुनचाँदीको मुल्य बढ्यो

    • May 8, 2026
    • 16 views
    सुनचाँदीको मुल्य बढ्यो

    मन्त्रिपरिषद्को बैठक आज बस्दै

    • May 8, 2026
    • 26 views