तीनदिने गणेश महोत्सव आज समापन गरिँदै

काठमाडौँ । श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश महोत्सव भगवान् गणेशको विशेष पूजा आराधनासहित आज समापन गरिँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका रूपमा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीले विशेष पूजाआर्चना गरी मनाउने गर्छन्।

समितिले बत्तीस पुतलीमा गणेशका मूर्ति स्थापना गरेर शनिबारदेखि तीन दिनसम्म विशेष पूजा आराधनासहित महोत्सव मनाएको समितिका अध्यक्ष मुकेश साहले बताए। महोत्सवमा पूजा गर्न भक्तजनको घुइँचो लागेको थियो । गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने जनविश्वास अनुसार अधिकांश भक्तजन लड्डु बोकेर महोत्सवमा पुगेका अध्यक्ष साहले जानकारी दिए ।

कुनै पनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । तीन दिनसम्म भक्तजनले गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बसेका थिए । कुनै कार्य थालनी गर्नुअघि विघ्न बाधा उत्पन्न नहोस् भनेर हिन्दु धर्म संस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ । हिन्दु वैदिक विधिअनुसार स्थापना गरिएको गणेशका मूर्तिलाई आज साँझ गौरीघाट नजिक बागमती नदीमा लगेर विसर्जन गरिने अध्यक्ष साहले बताए । मूर्ति विसर्जनका बेला भक्तजनले ठूलो लस्कर निकाल्ने तयारी गरेका उनले जानकारी दिए।

  • Related Posts

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, १२ असार । नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा चिकित्सा शिक्षा विभाग, इन्स्टिच्युट अफ मेडिसिन (IOM), काठमाडौंको सहकार्यमा सञ्चालन भएको ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ…

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १२ असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. श्रीसिया ले बिहीबार वीरगंज महानगरपालिका वडा नं. ०१, छपकैया सीमा ईलाकाबाट भारत बाट अवैध रुपमा…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 98 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 93 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 72 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 106 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 65 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 96 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-