त्रिपुरासुन्दरी गाउपालिका वडा नं. २ , द्वारा एक दिने आँखा शिबिर संञ्चालनू

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २,द्वारा आयोजित एक दिने आँखा जाँच शिबिर कार्यक्रम यसै वडा नं२,चोकटीका सबै क्षेत्र तथा भेगलाई केन्द्र बनाई वडाकै स्वास्थ चौकी बर्थिङ् सेन्टर चोकटीमा कार्यक्रम संञ्चालनमा ल्याएको हो ।


उक्त कार्यक्रममा जम्मा ७८ जनालाई विभिन्न आँखा सम्बन्धि चेकजाँच गराउँदा १४ जनालाई मोतिबिन्दुको अप्रेसन गर्नु पर्ने र ६४ जनालाई साधारण औषधि र परामर्श गरिएको थियो ।कार्यक्रम चोकटी वडाको आयोजना,सुनकोसी ईन्द्रावती समाज सिन्धुपाल्चोकको शिबिर सहयोग र बि।पि।मेमोरियल लायन्स नेत्र अध्ययन केन्द्र त्रि।बि। शिक्षण अस्पताल महाराजगंनञ्जको प्राबिधिक सहयोगमा कार्यक्रम संञ्चालन भएको थियो । कार्यक्रममा वडाका अध्यक्ष रमेश राउत,पालिका सदस्य किरण थामी, सुनकोसी ईन्द्रावती समाज सिन्धुपाल्चोकका प्रतिनिधि समाजसेवी भुपेन्द्र थापा,बि।पि।कोईराला लायन्सबाट डा।संजिव कुमार श्रेष्ठ,डा।अनिसा हेक्का र डा।प्रतीक्षा तामाङ् सहभागी हुनुहुन्थ्यो ।

शिबिरमा आँखा चेकजाँच गरिसके पछि उपचारमा आएका चोकटीबासीहरू औषधीर र परामर्श देखि खुःशी थिए । १४ जना मोतिबिन्दु अप्रेसन गर्न पर्ने आँखा पिडितहरुलाई यही मंसिर २५ र २६ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क उपचार गर्ने र उपचार समय अबधि खाना बस्ने समय पनि मिलाईएको चोकटी स्वास्थ्य चौकी बर्थिङ् सेन्टरका ईन्चार्ज टीका लक्ष्मी कार्की र वडा अध्यक्ष रमेश राउतले जानकारी दिनुभएको छ ।