त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म रातको समयमा बन्द गरिँदै छ । तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै व्यवस्था अनुसार ६ घण्टा ५० मिनेटको ड्युटी समय कायम गरी तीन सिफ्टमा कर्मचारी खटाइराख्ने भएको छ । यसरी अतिरिक्त खट्ने कर्मचारीलाई प्राधिकरणले थप सेवा सुविधा दिनुपर्ने हुन्छ ।

५ कात्तिकका दिन बसेको प्राधिकरण व्यवस्थापनको बैठकले हालकै व्यवस्था अनुसार साढे ६ घण्टाको ड्युटी समय कायम गरी तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने र प्रधान कार्यालयबाट स्वीकृत होलनाइट कोटा बमोजिम रोस्टर प्रकाशित गरी कर्मचारीलाई ड्युटीमा खटाउने निर्णय गरेको छ ।

यसरी कर्मचारीलाई खटाए बापतको सुविधा प्रशासनले व्यवस्था गर्ने निर्णय सो बैठकले गरेको छ । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म चल्ने छ ।

तर, प्राधिकरणले भने उडान/अवतरणको चाप नहुने समयमा पनि कर्मचारी खटाएर अतिरिक्त सुविधा समेत दिने निर्णय गरेको हो । यो अवधिमा विमानस्थल बन्द गरी पार्किङ, ट्याक्सी वे, ह्यांगरजस्ता संरचना निर्माण हुँदैछन् । यस्तो बेला आपतकालीन अवस्थाका लागि सीमित मात्र कर्मचारी खटाएर अन्य कर्मचारीलाई भने वैकल्पिक काममा लगाउन सकिने विकल्प थियो ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 34 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-