पाल्पा, २० माघ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना र नेपाल स्काउट लुम्बिनी प्रदेशको समन्वयमा ६ दिने स्काउट ५१८ औ बि.टि.सी. र ३७८औ पि.टि.सी.तालिम तानसेन ९ दमकडामा सम्पन्न भएको छ ।

तालिममा पाल्पा र गुल्मी जिल्लाका माध्यमिक तथा आधारभूत विद्यालयका २४ जना पुरुष शिक्षक र २१ जना महिला शिक्षिकाहरूको सहभागिता रहेको थियो । २०७९ माघ १३ देखि १८ सम्म चलेको आधारभूत स्काउट तालिममा सहभागी भई स्काउट मास्टरका रूपमा दिक्षित भएको नेपाल स्काउट लुम्बिनी प्रदेशले जनाएको छ ।

तालिम समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सासंद माननीय दिनेश पन्थीले स्काउटको माध्यमबाट भएका गतिविधिले विद्यालय, समुदायमामा बालबालिकाको सकारात्मक भुमिका रहने बताउनुभयो । सांसद पन्थीले देशमा संघीयताको विकाससंगै स्काउटको दिगोपनमा सहज भएको र तालिमलाई युवा र बालबालिका सम्म पुर्याउन अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागी गराउने उद्देश्यले तालिममा विशेष जोड दिएको बताउनुभयो ।

समारोहमा सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्यालले पाल्पा र गुल्मीलाई समेटेर तालिम आयोजना गरिएको बताउँदै हरेक विद्यालय, समुदायमा र विद्यार्थीको व्यवहारमा परिवर्तन गर्न स्काउटीङ गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।
स्काउट प्रदेश सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज जीवन आचार्यले पाल्पा जिल्लाका ३ वटा तहमा आधारभुत तालिम संचालन गरेको बताउँदै १५ वटा विद्यालयमा ५० वटा ट्रुप समेत संचालनमा रहेको बताउनुभयो । उहाँले स्काउटीङको माध्यमबाट विभिन्न सामाजिक र चेतनामुलक कार्यक्रम सञ्चालन गर्न सकिने हुँदा तालिममा सिकेका ज्ञान सीपलाई बालबालिकाको व्यवहार परिवर्तनमा लगाउन आग्रह गर्नुभयो ।

दिक्षान्त समारोहमा तानसेन ९ का वडा अध्यक्ष राजेशकुमार अर्याल पुर्वखोला शिक्षा साखा प्रमुख लोकहरि देवकोटा ,दमकडा नमुना माध्यमिक बिधालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटा ,दमकडा सहभागी सरस्वती श्रेष्ठ, केशव केसी, पुरुष कोर्षका कोर्ष लिडर सुरज खनाललगायतले कार्यक्रम प्रभावकारी रहेको र यसको निरन्तरताका लागि सबै क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

तालिममा स्काउटको इतिहास यसले गर्ने काम, बिपदमा गरिने काम , पद यात्रा र त्यसका फाइदा, क्याम्प फायरको महत्व, डोरी गाँठो, सामाजिक परोपकारका काम, प्राथमिक उपचार , लगायतका जीवन उपयोगी सिप सिकाइएको थियो । ५ रात ६ दिन सम्म चलेको तालिमको सहजीकरण पुरुष कोर्ष लिडर सुरज खनाल, महिला कोर्ष लिडर लिला श्रेष्ठ ,काउन्सिलर नेत्र गैरे, सन्देश तिमिल्सिना , गिरीराज पाठक, आशा गाहा लगायतले सहजीकरण गर्नुभएको थियो ।
यसै अवसरमा विश्वव्यापी कोविड महामारीमा सचेतना जगाउन खटेका स्काउट स्वयंसेवकहरुलाई पदक तथा प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।