दरबन्दी मिलानको बिरोधमा नरहेको प्रधानाध्यापकहरुको भनाई, धमाधम पत्र बुझ्दै शिक्षकहरु, शिक्षकहरुको पीरमर्का सम्बोधन हुने-

दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगंज, १४ भदौ । वीरगंज महानगरपालिकाले गरेको दरबन्दी मिलान अनुरुप शिक्षकहरु तोकिएका विद्यालयमा धमाधम जान लागेका छन् ।

महानगरपालिकाले बुधबार यहाँका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर छलफल गरेसँगै शिक्षकहरु तोकिएको विद्यालयमा धमाधम जान लागेका हुन् । अहिलेसम्म धेरैजसो शिक्षकहरुले पत्र बुझेर हाजिर हुन गइसकेको र केही जाने प्रकृयामा रहेका छन् ।

छलफलमा महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शिक्षक शिक्षक आफूहरुकै परिवार रहेको भन्दै कुनै असहमतिका कुरा भए सडकमा गएर नभई छलफलमा आएर टुंग्याउन आग्रह गर्नुभयो । ‘हामीहरु एकअर्काको पुरक भएर काम गर्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘एउटै परिवारको भएकाले कहिले तलमाथि होला तर असहमतिका कुराहरु घरभित्रै बसेर छलफल गरौँ निचोड निकालेर फेरि काम थालौँ, सडकमा हल्ला गर्दै निस्कनु शोभनीय होइन ।’

अहिलेको दरबन्दी मिलान विद्यार्थीको अनुपातका आधारमा गरिएकाले तोकिएको स्थानमा गएर पठन पाठनलाई सघाउन सबै शिक्षकहरुलाई आग्रह गर्नु भयो ।

महानगरको शिक्षाको गुणस्तर बृद्धिमा शिक्षकहरुकै अहम भूमिका हुने भएकाले शिक्षकहरुको पीरमर्कालाई आफूहरुले सम्बोधन गरेरै अघि बढ्न तयार रहेको पनि उहाँले बताउनुभयो ।

महानगरका उपप्रमुख इम्तियाज आलमले स्थानीय सरकार संघ र प्रदेशले चलाउने नभई स्थानीयले नै चलाउने भएकाले स्थानीय सरकारले दिएको निर्देशन पालना गर्नु सबै शिक्षक कर्मचारीको दायित्व रहेको स्मरण गराउनु भयो । उहाँले महाशाखाका कर्मचारीले कमी कमजोरी गरेर दुख दिएको भए तत्काल आफूहरुलाई जानकारी दिन आग्रह गर्दै त्यस्तो गरेको भेटिए कर्मचारीलाई आफूहरुले कारबाही गरेर शिक्षकहरुको समस्या सम्बोधन गर्न तयार रहेको बताउनुभयो ।

छलफलमा प्रधानाध्यापकहरुले आफूहरुले दरबन्दी मिलान र सरुवाको विरोध नगरेको बताएका थिए । केही शिक्षकहरुलाई अप्ठ्यारो परेका विषयमा मात्रै आफूहरुको असहमति रहे पनि दरबन्दी मिलानको विरोधमा आफूहरु नरहेको नेपाल शिक्षक संघका महानगर अध्यक्ष प्रदीप जयसवालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘शिक्षकहरुलाई परेको पीर मर्का र अप्ठ्यारा सुनिदिन पर्यो, सम्बोधन गरिदिन पर्यो, अरु कुरामा हाम्रो कुनै विमति छैन, हामीलाई जहाँ पठाए पनि जान तयार छौँ, बालबालिकालाई पढाउन तयार छौँ ।’
यस्तै प्रधानाध्यापक दयाकान्त झाले महानगरले गरेको दरबन्दी मिलानका बारेमा राम्रो सँग नबुझेको भन्दै बुझाउन आग्रह गर्नुभएको थियो ।

दिनेश चौरसियाले विद्यालयको भौतिक अवस्था सुधार गर्नु पर्ने अवस्थामा रहेको भन्दै त्यतातर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो ।

छलफलमा शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले दरबन्दी मिलानका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै महानगरको सोच, नगर शिक्षा समितिको निर्णय, विद्यार्थी संख्या, आवश्यकता, चार वटा अंग्रेजी माध्यमका माद्यमिक विद्यालय लगायतलाई ध्यान दिँदै दरबन्दी मिलानलाई अन्तिम रुप दिइएको बताउनुभएको थियो ।

दरबन्दी मिलान कार्यलाई पारदर्शी बनाउन शिक्षकहरुको प्रतिनिधी, संघसंगठनका प्रतिनिधी र विज्ञलाई राखेर गरिएकाले कोही पनि शंकाउपशंकामा रहनु पर्ने अवस्था नरहेको बताउनुभयो भयो । यो आर्थिक वर्षबाट शिक्षकहरुको तलब भत्ता उनीहरुकै बैंक खातामा महानगरबाट सोझै पठाउने गरि कार्य सुरु भएकाले त्यही अनुरुप तोकिएको ठाउँमा गएर तलबी खाता खोल्ने प्रकृयामा लाग्न सबै शिक्षकहरुलाई आग्रह पनि गर्नुभयो ।

छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समितिका पदाधिकारी, दरबन्दी मिलान कार्यदलका सदस्य, महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 30 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 32 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 17 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 47 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 95 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 83 views