दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ११ फागुन । मधेशी एशोसिएसन ईन अमेरीका (MAA) द्धारा बारा एवम् पर्साको ४ जना  दलित एवम् जेहेन्दार बिध्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।  

संस्थाका नेपाल प्रतिनिधी मदन गुप्ताले ३ जना बिध्यार्थीहरुलाई रु. १५ हजारको दरले तथा एक जनालाई रु. १० हजारको दरले गरी रु. ५५ हजारको छात्रबृत्ति बितरण गर्नु भएको हो । गुप्ताले उनिहरुको कक्षा ११ एवम १२ का लागि शिक्षा पुरा नहुञ्जेल सम्म सहयोग गर्ने पनि प्रतिब्द्धता व्यक्त गर्नु भयो ।

 (MAA) संस्थाले मधेसमा अब उपरान्त यस प्रकारको छात्रबृत्ति प्रदान गरिरहने पनि गुप्ताले जानकारी दिनु भयो । छात्रबृत्ति  बितरण कार्यक्रममा सामाजिक अभियानता प्रकाश प्रसाद थारु, कमल चौगाई, ओम प्रकाश सरर्फा लगायत संचारर्कीहरुको सहभागीता रहेको थियो ।