द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो- गृहमन्त्री लेख

काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने भन्दै द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका हुन् ।

उनले भने- ‘द्वन्द्वको प्रकृति फरक छ । जहाँ द्वन्द्वको छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो । दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो ।’

द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ । उनले भने- ‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी कै हुन्छन् । सकारात्मक द्वन्द्वको व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउछ । द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वको पहिचान, समय र सम्झौता मुख्य कुरा हो ।’

देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेको गृहमन्त्री लेखकले स्मरण गरे । उनले भने- ‘अहिलेसम्म नेपालमा सात वटा संविधान बने । धेरै संविधान बन्ने कुरा राम्रो होइन । धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हो ।’

वर्तमान संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व हुने गृहमन्त्री लेखकको भनाइ छ । उनले भने- ‘केही मान्छे संविधान असफल बनाउने षड्यन्त्र गरिराख्नुभएको छ । संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक छ ।’

यस्तै संविधानले गरेको अधिकारको बाँडफाँडले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए । उनले भने- ‘अहिले पालिकामा प्राकृति स्रोत साधानको वितरण र सीमाको द्वन्द्व छ । यसको पनि व्यवस्थापन गर्नु विश्व विद्यालयले गर्न सक्छ । द्वन्द्वका धेरै पाटा छन् । उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ ।’

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट द्वन्द्व व्यवस्थापनको विषय अध्यापन गर्नेहरु बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले स्कलरशीपको कोटा बढाउन आफूले पहल गर्ने गृहमन्त्री लेखकले बताए ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 82 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 84 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 67 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 100 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 62 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 90 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-