धुलिखेलमा खानेपानी वितरण

काभ्रेपलाञ्चोक, १६ पुसः धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण सुरु भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खनोपानी तथा सरसफाइ समितिले जनाएको छ । उक्त आयोजनाको मुहानक्षेत्र पनौती नगरपालिका–१२ स्थित पाल्पाले गाउँको विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । आयोजनाबाट तीन हजार दुई सय घरमा खानेपानी वितरण भएको छ । हाल धुलिखेलस्थित मुख्य ट्याङ्कीमा पानी आइसकेपछि वितरणका क्रममा पाँच लाख लिटरको अर्को ट्याङ्कीमा प्राविधिक समस्या देखिएकाले केही वडामा पानी वितरण गर्न एक÷दुई दिन लाग्ने समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तत्काल अस्थायी रुपमा आयोजना मर्मत गर्न रु १९ लाख ७९ हजार खर्च भएको छ । आयोजनाको स्थायी पुनः निर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पुनःनिर्माणका लागि गत कात्तिक तेस्रो साता जर्मन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख अशोक ब्याञ्जूको टोलीले नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणमा सहयोगका लागि अनुरोध गरेको थियो । जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले प्रस्तावको कार्यान्वयनस्वरुप रु एक करोड ४५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले जानकारी दिनुभयो । जर्मनीबाट प्राप्त सो रकम आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनःनिर्माणमा खर्च गरिने जनाइएको छ । बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयहरु तीन महिनादेखि खानेपानीविहीन थिए ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् । त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट…

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    महोत्तरी, ९ माघः निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ ।…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 10 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना