नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ११ चैत । वीरगंजमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बस पार्क सम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

चैतको अन्तिम शुक्रबार २९ गते देखि ३१ गते सम्म तीन दिन रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगंज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुको साथै अबेर सम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास पनि लिइएको छ । यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो ।

रात्रि बजारले यहाँको बजार चलायमान बन्ने मेयर सिंहले बताउनुभयो । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल राखिनेछ ।

महानगरले रात्री बजार सञ्चालनका लागि आज विभिन्न संघ संस्थाहरु सँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआर सँगको समन्वयमा महानगरले रात्रि बजार लगाउन लागेको हो ।

रात्रि बजारमा लगाइने स्टलहरुको केही दिनमा नै बुकिङ खुल्ला गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनु भयो ।

  • Bishnu Timalsina

    Related Posts

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बिरगंज, ३१ असार । बिरगंज स्थित बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा अत्याधुनिक प्रविधियुक्त CT Scan मेसिन आज देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । आधुनिक चिकित्सकीय…

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-