नशामुक्ति र अपांगतासम्बन्धी समस्या समाधान गर्न सहकार्य गर्नुपर्नेमा जोड 

काठमाडौँ । नशामुक्ति र अपांगतासम्बन्धी समस्या समाधान गर्न सबैको आपसी सहकार्य र समन्वय आवश्यक पर्ने बताइएको छ ।

राजधानीमा आज सुरु भएको नशामुक्ति र अपांगतासम्बन्धी जागरणमूलक युवा सम्मेलनको उद्घाटन सत्रमा सहभागी वक्ताले सहकार्य र समन्वयबाट समस्या समाधान गर्न सकिने धारणा राखेका हुन् ।

काशियाना फाउन्डेसनले आयोजना गरेको सम्मेलनको दीप प्रज्वलन गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कतिपय युवाले माध्यमिक तह (९, १० कक्षा) मा प्रवेश गरेदेखि नशा सेवन सुरु गर्ने गरेको उल्लेख गर्दै यसबाट अपांगताको अवस्थामा पुर्नेसम्मका समस्या आउने गरेको बताए ।

नेपालमा जनसङ्ख्याको ४२ प्रतिशत युवा रहेकाले तिनलाई सत्मार्गमा ल्याउने गरी योजनासहित काम गर्न लागिएको उनले जानकारी दिए । नेपालमा खुला सीमा भएकाले पनि धेरै लागुऔषध भित्रने गरेको मन्त्री चौधरीले बताए । नशामुक्ति अभियानका लागि संयुक्त रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

भारतीय जनता पार्टी (भाजपा) का महासचिव दुश्यन्त गौतमले काशियाना फाउन्डेसनले १० वर्षदेखि नशामुक्तिका क्षेत्रमा काम गरिरहेको जानकारी दिए । उनले नशामुक्तिका लागि दक्षिण एसिया क्षेत्रका देश मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

फाउन्डेसनका संस्थापक सुमित अङ्कुर सिंहले नशामुक्तिका लागि नेपालको पशुपतिनाथबाट भारतको विश्वनाथसम्म संस्थाले जागरणमूलक पदयात्राको तयारी गरिएको जानकारी दिए। सम्मेलनमा ३० देशका युवा प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रममा मणिपुरका विधायक रामेश्वर सिंह, फाउन्डेसनका अपांगतासम्बन्धी सल्लाहकार दीपा मल्लिक, संरक्षक श्याम ज्याजु, नवीन वभनिया हरियाणा, डा. भूपेन्द्र सिंह, आशीष गुप्तालगायतले नशामुक्तिका लागि आपसी सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 75 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-