अभिनेत्री साम्राज्ञी शाहले आफूले डिम्ब भण्डारण गर्न लागेको बताएकी छन् । एक टेलिभिजनले आयोजना गरेको छलफल कार्यक्रममा उनले गर्भाधान योजनाबारे कुरा गरिन् ।

उनले भनिन्, ‘म आफ्नो एग फ्रिज गर्दैछु । हामीले आफ्नै लागि गर्ने हो । मलाई यो सबै जनाको लागि हो जस्तो लाग्छ । म यसप्रति सकारात्मक पनि छु ।’

करिअरमा केन्द्रित भएर अघि बढ्दा आफूलाई समय दिन नसकिने भएकाले आफूले यो निर्णय लिएको उनको भनाइ छ । ‘विवाह भनेर मात्र होइन, हामी करिअर फोकस हुनुपर्छ । किनभने सोचेअनुसार योजना हुँदै हुँदैन,’ उनले भनिन् ।

यसबारे आमासँग कुरा गरेको समेत उनले बताइन् । ‘एक वर्ष भयो होला आमासँग कुरा गरेको । उहाँले यो के हो भनेर सोध्नुभयो । मलाई थाहा छैन, म विवाह गर्छु या गर्दिनँ । यो मेरो सुरक्षाको लागि मात्र हो । उमेर बढ्दै जान्छ र एग्स घट्दै जान्छ,’ उनले भनिन् ।

साम्राज्ञीले अगाडि भनिन्, ‘बच्चा भएन भने ? मलाई बच्चा पाउन मन छ । म सुरक्षित भएर बस्न चाहन्छु । मामुले चिन्ता नगर, केटा खोज भन्नुभयो । मैले केटाको कुरा होइन । मैले आफ्नो ख्याल गर्ने कुरा हो भने । अनि उहाँले हुन्छ अझै एक वर्ष कुर्न भन्नुभयो । अझै एक वर्ष कुर, सोच अनि त्यसपछि गर । मामुले भनेको एक वर्ष भयो ।’ उनले यो समय डिम्ब भण्डारणका लागि उचित समेत भएको भएको समेत बताएकी छन् ।

कामको कुरा गर्दा साम्राज्ञी अभिनित फिल्म ‘लण्डन टु पेरिस’ जेठ २५ मा रिलिज तयारीमा छ ।

बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा, एकता कपुर, राखी सावन्त लगायतले पनि डिम्ब भण्डारण गरेका छन् ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/v6sXf2ux_iQ?si=qG5fhvtpQxjGsyIg” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>