निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकको आन्दोलन शुरु

काठमाडौं । निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले आन्दोलन शुरु गरेका छन् ।  विभिन्न माग राखेर उनीहरुले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले माग पूरा नभए भदौ ९ गतेबाट विद्यालय बन्द गरेर आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् । 

निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले सरकारले आफ्ना मागहरू बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । भदौ ५ गते माइतीघरमा प्रधानाध्यापकहरू ब्यानरसहित प्रदर्शन गरेका हुन् । भदौ ६ गते देशभरका विद्यालय बसहरू कालो झण्डा झुण्ड्याएर नगर परिक्रमा गर्ने, काठमाडौंमा र्‍याली गर्ने र शिक्षा समिति तथा संसद घेराउ गर्ने कार्यक्रम तय गरेका हुन् । 

प्रमुख माग:

१- “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु पर्ने ।
२- विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
३- कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।
४- छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
५- छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १०(क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान- जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

आन्दोलनका कार्यक्रम:

१- २०८२ भाद्र ५ गते विहान ११ वजे देखि १ वजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू व्यानर सहित नयाँ बानेश्वरचोकसम्म न्याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने ।
२- क- २०८२ भाद्र ६ गते विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने ।
ख- काठमाडौं उपत्यकामो २७ किमी चक्रपथवरिपरि स्कुलबसहरूको कालो झण्डा / व्यानर सहित न्याली गर्ने ।

३- २०८२ भाद्र ६ गते दिनको ठिक १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ / धर्ना गर्ने ।
४- २०८२ भाद्र ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने ।

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 33 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 41 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 49 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ