निर्माणको अन्तिम चरणमा फूलबारी–मणिपाल काँहु धरहरा सिँढी मार्ग

काठमाडौँ । फूलबारी–मणिपाल काँहु धरहरा सिँढी मार्ग (पोखरा ग्रेट ट्रेल) निर्माणको अन्तिम चरणमा रहेको छ । आगामी फेब्रुअरीमा उद्घाटन गर्ने गरी निर्माण कार्य अघि बढिरहेको उक्त ट्रेलमा करिब ४ हजार ५ सय सिँढीहरू रहनेछन् ।

नगर प्रमुख धनराज आचार्यका अनुसार चालु आवमा ग्रेट ट्रेल निर्माण गर्नका लागि पोखरा महानगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । पोखराको मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको उक्त ट्रेल पर्यटकीय दृष्टिकोणले समेत निकै महत्त्वपूर्ण र आकर्षक मानिएको छ ।

पोखराको मणिपाल कालिखोलादेखी काँहुको धुरीसम्म सिँढीहरू बनाई निर्माण गर्न लागिएको ट्रेलको अधिकांश कार्य सम्पन्न भइसकेको छ । पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेहरूका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास व्यक्त गरिएको छ ।

सो ट्रेलको दायाँबायाँ करिब ४०० फलफूलका बिरुवा समेत लगाइएको छ । २ लाख २६ हजार बिरुवा लगाउने पोखरा महानगरपालिकाको मेगा अभियान अन्तरगत आइतबार सो क्षेत्रमा आरु, आरुबखडा, एभोगाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाश लगायतका बिरुवाहरू लगाइएको छ ।

  • Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 34 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 50 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ